
हुमाकान्त पोखरेल
मंसिर२०,०७८ गुल्मीः गुल्मीको चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ ।
नवनिर्मित भवनको सोमबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले उद्घाटन गरे । भवन उद्घाटन गर्दे मन्त्री शर्र्माले सुरक्षा र त्यससँग सम्बन्धित बिषयलाई चुस्त राख्नु सरकारको पहिलो कर्तव्य भएको बताए ।
कुल दुई करोड ८६ लाखको लागतमा तुल्सी कन्स्ट्रक्सन एण्ड अर्जुन विल्डर्स कम्पनीले एक बर्षमा काम सम्पन्न गरेको हो । लुम्बिनी पदेशमा गत आर्थिक बर्षमा ११ वटा इलाका प्रहरी कार्यालय निर्माणका लागि रकम निकासा भएको थियो ।

जसमा गुल्मीमा पहिलोपटक कार्यालय उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख गोपालचन्द्र भट्राईले जानकारी दिए । भवन महिलामैत्री रहेको छ । त्यसका साथै कार्यालय भवन, व्यारेक भवन, भान्साघर र शौचालयको सुविधा रहेको भट्राईले जानकारी दिए ।

चन्द्रकोटमा विगत २० बर्षदेखि सुरक्षाकर्मीहरु अस्थायी भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए । नयाँ भवन निर्माण भएसँगै सुरक्षा व्यवस्थामा चुस्त दुरुस्त आउने खत्रीले बताए ।







