काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षकाे माग

0
207

हुमाकान्त पाेखरेल
गुल्मी, १२ मंसिर । काङ्ग्रेस गुल्मीको अधिवेशनमा पुन:मतदान गर्न देउवा पक्षले माग गरेको छ ।
आइतबार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेद बहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन:मतदान गर्न माग गरेको हाे । शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको थापाकाे आराेप छ ।
पन्थी रामचन्द्र पाैडेल पक्षका उम्मेदवार हुन भने थापा शेरबहादुर देउवा पक्षका हुन् । स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खाेजे अाहरूले अवरुद्ध गर्ने समेत उनले चेतावनी दिए ।
निर्वाचन प्रक्रियामा कम्तीमा तीन दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भएपनि त्यसकाे ठिक विपरित पन्थीले मतपत्रमा संकेत गरेकाे थापाकाे भनाई छ ।

SHARE