काँग्रेसमा नयाँ नेतृत्वको आवश्यकता : डा. भण्डारी

0
256

हुमाकान्त पोखरेल
तम्घास, मंसिर १०,२०७८ गुल्मीः नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले काँग्रेसमा नयाँ नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।

पार्टीको १४ औँ गुल्मी जिल्ला अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै नेता भण्डारीले आफुहरुले मध्यमार्गी बाटो अपनाएर नयाँ नेतृत्व चयन बताउनुभएको हो । काँग्रेसले पार्टीमा योगदान गरेका सबैलाई सम्मान गर्दै नयाँ नेतृत्व चयन गरेमा सबैको हीत हुनेमा उहाँले जोड दिनुभयो ।

नारायणी नदिमा एमालेले तडकफडक गरेर फेन्सी पसलजस्तो भएकोले काँग्रेसले त्यसो गर्न नहुने भण्डारीको भनाई छ । नेपाली राजनीतिमा एमालेले धेरै विकृती ल्याएकोले त्यसलाई न्यूनिकरण गर्न काँग्रेसले भूमिका खेल्नुपर्नेमा भण्डारीले जोड दिनुभयो । अहिले देशका कुरा उठाउने ठाउँ संसद एमालेले बन्द गरेको तथा जनताका कुरा उठाउने अदालत पनि लगभग बन्द जस्तै रहेको अवस्थामा त्यसको उचित निकास निकाल्नुपर्ने पनि नेता भण्डारीले बताउनुभयो ।

काँग्रेसको खुल्ला सत्रपछि लगत्तै बन्द सत्र सुरु हुनेछ । नयाँ नेतृत्वका लागि हुने अधिवेशनमा सभापतिका दुईजना उम्मेद्धार छन् । प्रधानमन्त्री देउवा लाइनबाट कालिगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेका बेद बहादुर थापा मगर सभापतिका उम्मेद्धार हुनुहुन्छ भने पौडेल लाइनबाट पार्टी सचिव खिलध्वज पन्थी उम्मेद्धार हुनुहुन्छ ।

SHARE