बिधुत महशुल नबुझाउने २० जना ग्राहकको लाइन काटियो

0
1237
फाइल फोटो

तिलाचन पाण्डे
मंसिर १३ , २०७६ गुल्मी ः नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमै बिधुत महशुल नबुझाउने २० जना ग्राहकको लाइन काटेको छ ।
बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीका प्रमुख नारायण अर्यालका अनुसार बिधुत महशुल नबुझाउने ग्राहकहरुको लाइन काट्न सुरु गरिएको जानकारी दिए । सबै भन्दा बढी जोरपानी थालेमाले लिफटिङ खानेपानीले ८ लाख ४५ हजार ७७८ रुपैयाँ ४६ पैसा नबुझाएको कार्यलयले जनाएको छ । अन्य १९ जना ग्राहकहरुको ४ हजार देखि ८५ हजार सम्म रहेको र उनीहरु सबैको लाइन काटिएको अर्यालले जानकारी दिए ।
२० जना ग्राहकहरुबाट कुल ११ लाख एक हजार ९७२ रुपैयाँ ५१ पैसा बुझाउन पर्ने देखिएको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रको महशुल शाखाले जानकारी दिएको छ । उनीहरुले बिधुत महशुल बापतको रकम नबुझाएसम्म लाइन नजोडिने अर्यालले जानकारी दिए ।
महशुल नबुझाएका ग्राहकहरुले महशुल बुझाए पश्चात लाइन जोडिदिनका लागि निबेदन दिनुपर्ने र सोही अनुसारको प्रक्रियाबाट लाइन जोडिने कार्यलयले जनाएको छ ।

SHARE