
मंसिर १,२०७८बर्दिया : बर्दियाका ६ नगरपालिका र २ गाउँपालिका गरी आठवटै स्थानीय तहमा मंसिर तेस्रो साताभित्र १८ वर्षमाथिका करिब साढे १ लाख नागरिकलाई कोभिड(१९ विरुद्धको खोप लगाइने भएको छ।


स्वास्थ्य कार्यालय बर्दियाले मंगलबार एक कार्यक्रम आयोजना गरी आठवटै स्थानीय तहमा १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने जानकारी गराएको हो। नेपाल सरकारले उपलब्ध गराएको भेरोसेल खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब ४० हजार जनालाई पहिलो चरणमा मंगलबारदेखि लगाउन सुरु गरिएको छ।
यस्तै‚ बारबर्दिया, ठाकुरबाबा, गुलरिया, मधुवन र बाँसगढी नगरपालिका एवं बढैयाताल गाउँपालिकामा करिब १ लाख ११ हजार जनालाई एस्ट्राजोनिका खोप लगाइने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए। बाँकी स्थानीय तहमा मंसिर ८ देखि खोप लगाइने प्रमुख गिरीले बताए।

यसअघि ४५ वर्षमाथिका सबैलाई खोप लगाइएको गिरीले बताए। बर्दिया कोभिड १९ बाट अति प्रभावित जिल्ला हो