गुल्मीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

0
429

मंसिर ११, २०७६ गुल्मी : गुल्मीमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मालिका गाउँपालिका-४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अवैधरूपमा राखिएको हतियारसहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। प्रहरीले रानालाई अवैध हातहतियार तथा खरखजनाअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

SHARE