
कात्तिक २४,२०७८काठमाडौं : देशभर पछिल्लो समय ६ हजार ८ सय १४ जनामा कोरोना परिक्षण गर्दा थप ४४० जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार चार सय ६० जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४७४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।













