भारी वर्षाका कारण ११ जनाको मृत्यु

0
409

कात्तिक २४,२०७८काठमाडौं : श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन्।

विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ।

आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो। साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो।

हालसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन्।

SHARE