गुल्मीमा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु ,एक घाइते

0
187

कात्तिक २२,२०७८गुल्मी : गुल्मीमा सोमबार साँझ पैदल यात्रुलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ८ किसानटारीमा तम्घासबाट सिमलटारी जाँदै गरेको लु ५५ प ९७५७ नम्वरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी ८१ बर्षीय जमुना खनाल र ७२ बर्षीय लीला खनाललाई ठक्कर दिएको हो । मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी जमुनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लीला खनालको टाउको र खुट्टामा चोट लागेकाले उनलाई थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल चालक मालिका गाउँपालिका वडा नम्वर ८ दगासका २७ बर्षीय ललित पौडेल फरार रहेको र उनको खोजी कार्य जारी रहेको गुल्मी जिल्लाका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

SHARE