गुल्मीमा जिप दुर्घटना एक को मृत्यु , ४ घाइते

0
605

तिलाचन पाण्डे
मंसिर १० , २०७६ गुल्मी ः
गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुल्मीको रिडीदेखि सत्यवती गाँउपालिकाको ठुलोलुम्पेक जाँदै गरेको लु १ ज २७८४ नं को जिप बुटिस गैरामा दुर्घटना हँुदा सत्यवती गाउँपालिका वडा नं तीन सिङदीकी बर्ष ६८ की ललिति सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेहरुमा २३ बर्षका साजन राहदी , २२ बर्षका देब बहादुर बिक , २३ बर्षका अनिल बिक , र ७ बर्षका बिरेन्द्र सिंजाली रहेको घलेले बताए । चालक कपिल बिक फरार रहेका छन् । घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको घलेले जानकारी दिए । जिप सडकदेखी करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ घटनाको बारेमा अनुसन्धान भइरहेको घलेले बताए ।

SHARE