आज केही स्थानमा वर्षाको सम्भावना

0
165
फाइल फोटो

कात्तिक १५,२०७८ काठमाडौं : आज पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहान पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भू(भागका एक(दुई स्थानमा भने हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

SHARE