टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता

0
324

बासुदेब पोखरेल
कात्तिक १५,२०७८ गुल्मीः धुर्कोट गाउँपालिका र सनराईज बैंक तम्घास गुल्मीको संयोजनमा धुर्कोट गाउँपालिका वडा नं। ३ हाडहाडेको सोमरभोमर मल्ज्याङमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निति अनुरूप वडा नं। ३ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । बैंक सम्म आउन नसक्ने हरूका लागि टोलमै गएर भत्ता वितरण गर्दा बृद्ध बृद्धा तथा अपांगहरूलाई राहत पुगेको छ ।

धुर्कोट गाउँपालिकाले ७ वटै वडामा बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

SHARE