मलामी गएका युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता

0
214

कात्तिक १४,२०७८ गुल्मीः गुल्मीमा मलामी गएका युवा कालीगण्डकी नदीमा डुवेर बेपत्ता भएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ रुपाकोटका ७६ बर्षीय थानेश्वर न्यौपानेको मलामी गएका १९ बर्षीय शंकर पौडेलको कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार दिउँसो रुद्रबेनीमा नुहाउने क्रममा पौडेल डुबेर बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

SHARE