भारी मात्रामा खुल्यो वाणिज्य बैंकमा जागिर

0
545

कात्तिक १४,२०७८काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक विभिन्न पदमा ८०० जना भन्दा बढीका लागि दरखास्त आह्वान गरेको छ।

आइतबार विज्ञापन जारी गर्दै रिक्त रहेका विभिन्न पद र तहमा लोक सेवा आयोगको सहमितमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ। फारम अनलाइनमार्फत भर्न सकिने छ।

फाराम कात्तिक १५ गतेदेखि मंसिर ५ गतेसम्म भर्न सकिने छ। दोब्बर दस्तुर तिरेर मंसिर १२ गतेसम्म भर्न सकिने जनाइएको छ।

SHARE