मुलुकको विकासको लागि गुणस्तरीय शिक्षाः पूर्व सभामुख महरा

0
371

दिवाकर पोख्रेल
कातिक १३,२०७८ गुल्मीः पूर्व सभामुख कृष्ण महादुर महराले मुलकको विकासको लागि चेतनाको स्तर उठ्न आवश्यक रहेको बताउनु भएको छ ।

एकिकृत अखिल नेपाल शिक्षक सङगठनको लुम्बिनी प्रदेशको तेस्रो परिषदलाई दाङको लमहीमा उद्घाटन गर्दै महराले शिक्षक ज्ञानको ज्योती फैलाउने माध्यम भएकोले विद्यालयमा शिक्षकले शिक्षा दिलाउने बाहेक अन्य कुनै पनि गतिबिधि गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, मुलुकको विकासको लागि चेतना शिक्षाको आवश्यक पर्छ,यो चेतना शिक्षा दिलाउने काम मुख्य रुपमा शिक्षककै हो, यहाँहरुले जस्तो सिकाउनुहुन्छ जनशत्ती त्यस्तै बन्ने हो, त्यसैले गुणस्तरीय शिक्षा दिलाउने तर्फ नै शिक्षक केन्द्रित हुनुपर्छ ।
अहिले नेपाली जनताको चेतनाको स्तर धेरै उठेको बताउँदै पूर्वसभामुख महराले १० बर्षे जनयुद्धले चेतना स्तर उठाउन महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । १० बर्षे जनयुद्धमा जनताको घरघरमा पुगेर चेतना दिलाउने काम माओवादी गरेको स्मरण गर्दै महराले जनयुद्धको महत्वपुर्ण उपलव्धि चेतनाको स्तर बढ्नु पनि भएको दावी गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता समेत रहनु भएका महराले गठबन्धनको सहयोगमा एकदलको तानाशाह भत्काउन सफल भएको भन्दै गठबन्धन टुटाउने र अराजकता सिर्जना गर्ने तर्फ केहि शक्तीहरु लागि परेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, अघिल्लो सरकारले जथाभावी गरेको एकलौटी तानाशाहीपुर्ण कार्यले दलहरुलाई एक ठाउँमा ल्याउन सहयोग पुग्यो,यस्लाई ठूलो उपलव्धी कै रुपमा लिनुपर्छ ।
छुट्टै प्रशङगमा पार्टी प्रचारविभाग प्रमुख समेत रहनु भएको प्रर्वसभामुख महराले निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचन चैतमा गराउन सल्लाह दिएको भन्दै निर्वाचन आयोगले दिएको सुझाव अनुसार नै दलहरुको सहमतिमा सोही समय भित्रै स्थानीय तहको निर्वाचन गराउन आवश्यक रहेको बताउनुभयो ।

एकिकृत अखिल नेपाल शिक्षक सङगठनको लुम्बिनी प्रदेशको अध्यक्ष यम प्रसाद अधिकारीको अध्यक्षता तथा पूर्व सभामुख कृष्णवहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सचिव तथा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा, केन्द्रिय सदस्य निर्मल आचार्य, प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

SHARE