रिडी रुद्धबेनी सडक खुलाउन सेना परिचालन

0
221

कात्तिक १३,२०७८ गुल्मीः कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्रबेनी सडक खुलाउन सेना परिचालन गरिएको छ ।

सडक खुलाउनका लागि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्म गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाउने कार्य गरिरहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए ।

रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो ।

अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो । पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिए पछि सेना परिचालन गरिएको पौडेलले जानकारी दिए ।

गत बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए ।
सडक अबरुद्ध भएपछि शान्तीपुर, चोरकाटे,बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर , मिर्मी हुँदै बुटवल जाने गरेका छन् ।

SHARE