हुमाकान्त पोखरेल
कात्तिक ११,२०७८ गुल्मीः सिद्धबाबा माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका –८ गुल्मीले ९३ विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
बिहीबार विद्यालयले जिल्ला भित्र र जिल्ला बाहिरका कक्षा नर्सरीदेखि कक्षा सातसम्मका गरिब एवम् विपन्न विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । उनीहरुलाई अवस्था हेरिकन ट्र्याकसुट, जुत्ता, टाई, टोपी, स्वीटर, टिसर्ट लगायतका पोशाक वितरण गरिएको प्रध्यानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए ।
विद्यालयले कमजोर स्थितिका विद्यार्थीहरुलाई पढाउनको लागि ०७६ सालमा सिद्धबाबा क्लोथ बैंकको स्थापना गरेको थियो । क्लोथबैंकमार्फत विभिन्न दाताले गरेको सहयोगलाई विद्यालयले विद्यार्थीलाई प्रदान गर्दछ ।
विद्यालयले विभिन्न समयमा गरिब एवम् विपन्न विद्यार्थीलाई सिद्धबाबा क्लोथ बंैकमार्फत पोशाक वितरण गर्दै आएको छ ।