गुल्मी, ११ कात्तिक :गुल्मीमा एकजना विद्याथीले बाटोमा भेटाएको सुनको मंगलशुत्र फिर्ता गरेकी छिन् ।
जिल्लाको इस्मा गाउँपालिका –१ उजुङकी एन्जल सुनारले इस्मा गाउँपालिका –१ की जमुना पन्थी पोखरेलको मंगलशुत्र फिर्ता गरेकी हुन् । एन्जल इस्मा गाउँपालिका –१ कै दलित महिला सदस्य माया सुनारकी छोरी हुन ।
इस्मा रजस्थलबाट घर हस्तिचौर गुर्बा जाँदै गर्दा दर्लामचौर डाढुङ्गामा मंगलशुत्र हराएका थियो । त्यसपछि जमुनाका श्रीमान बाबुरामले फेसबुकमा मंगलशुत्र हराएको सुचना राखेपछि एन्जलले आफुले भेट्याएको भन्दै बाबुरामलाई फोन गरेकी थिइन् ।
एन्जललाई हिमालय माध्यमिक विद्यालयमा जमुनाले पढाएकी थिइन् । घरमा र विद्यालयमा आफुले इमानदार बन्नुपर्छ भन्ने शिक्षा पाएको भन्दै भेटाएको चिजवस्तु दिदाँ नै उपयुक्त हुने ठानेर आफुले फिर्ता गरेको एन्जलकाे भनाई छ ।