
मंसिर १०, २०७६ पाल्पा ः जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ अधेरीगैरामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका ३ सादनाबुटाका ४० वर्षीय लक्ष्मण नेपाली रहेको इलाका प्रहरी कार्यालय मुझुङका प्रहरी नायब निरीक्षक गोपालबहादुर पुनले बताए। नेपालीको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका ३ हार्थोकका ३० वर्षीय लेखबहादुर गैरे रहेका छन्। उनको अवस्था गम्भीर रहेको र अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीको गोखुङ्गाबाट हार्थोकतर्फ आउँदै गरेको लु २८ प ३५७ नम्बरको मोटरसाइकल अपरान्ह ४स्३० बजेतिर दुर्घटना भएको प्रहरी नायब निरीक्षक पुनले बताए। मोटरसाइकल सडकभन्दा करिब ५० मिटर तल खसेको छ। उनिहरू रैनदेवी मन्दिरमा पूजा गरेर फर्किदै थिए।








