चन्द्रकोट गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृतको विदाई कार्यक्रम सम्पन्न

0
833

कात्तिक ८,२०७८ गुल्मीः चन्द्रकोट गाउँपालिका गुल्मीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीको आज एक कार्यक्रमका विच विदाई सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष द्रोण खत्री को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष राधिका अर्याल कार्यपालिका सदस्यहरु गाउँसभा सदस्य कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
२९ भाद्र ०७७ गतेदेखि २०७८ कात्तिक ८ गते सम्म गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई सेवा प्रदान गर्नुभएका मरासिनीको विदाई कार्यक्रममा विदाई मनतव्य राख्दै बक्ताहरुले उहाँको कार्यकालमा भएका सफल कार्यक्रम साथै नेतृत्व क्षमताको प्रशंसा गर्दै वाँकी कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एबं गाउँपालिका अध्यक्ष द्रोण खत्रीले अनुभवले खारिएका प्रमुख प्रशासकीय अधिकृतका रुपमा उहाँलाई पाउँदा चन्द्रकोट गाउँपालिकाले एक बर्षमा ठुलो सफलता प्राप्त गरेको बताउनुभयो।गाउँपालिकाको समग्र व्यवस्थापन बजेट कार्यान्वयन साथै गाउँपालिकाको बेरुजु फर्स्यौटमा खेलेको भूमिकाको प्रशंसा गर्दै खत्रीले उहाँ जहाँ रहेतापनि गाउँपालिकाले सधै उहाँको साथ पाउने अपेक्षा प्रकट गर्दै बाँकी कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।
यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राधिका अर्यालले मरासिनीको जनप्रतिनिधि तथा कर्मचारी र नागरिक विचको समन्वयकारी भुमिकाको प्रशंसा गर्दै उहाँको कार्यकालबाट सिकेका कुराहरुलाई आगामी दिनमा कर्मचारी र जनप्रतिनिधिले सिरोधार्य गर्नुपर्ने वताउनुभयो।
कार्यक्रममा वडा अध्यक्ष एबं कार्यपालिका सदस्य गोकर्ण प्रसाद शर्मा ,गाउँसभा सदस्य भानुभक्त सुवेदी तथा डिल्लिराज अर्याल, चन्द्रकोट क्याम्पसका क्याम्पस प्रमुख ईन्द्र थापा, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम कार्यक्रम संचालन समिति सदस्य धाचानन्द शर्मा लगायतले बोल्दै उहाँको कार्यकालमा भएका राम्रा कामको निरन्तरता गाउँपालिकाको पहिलो आवश्यकता रहेको बताउनुभयो।
यसैगरी कार्यक्रममा विदाई मनतव्य राख्दै कर्मचारीहरु लेखा अधिकृत बशन्त रिजाल तथा वडा सचिव लक्ष्मी अर्यालले प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनीको कार्यकालमा कर्मचारीले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै उहाँको समन्वयकारी भुमिका तथा सकारात्मकता र काममा हौसला प्रदान गर्ने व्यवहारले सार्वजनिक सेवाप्रवाहमा कर्मचारीहरु आफ्नो कामप्रति धेरै नै जिम्मेवार बन्दै गएको वताउँदै नेतृत्वबाट धेरै कुरा सिक्न सकिने वलियो उदाहरण प्राप्त गरेको भन्दै उहाँको नेतृत्व क्षमताको प्रशंसा गर्नुभयो।यसैगरी विदाई हुन लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनीले आफ्नो सेवा अवधिभर चन्द्रकोट गाउँपालिकामा काम गर्दा कुनैदिन पनि निराश हुन नपरेको भन्दै यहाँका जनप्रतिनिधिहरुको सकारात्मक सहयोग र कर्मचारीहरुको एकता र उत्सुकताको खुलेरै प्रशंसा गर्दै आफ्नो जागिरे जिवनभरको हाल सम्मको उत्कृष्ठ कार्यालयको रुपमा चन्द्रकोट गाउँपालिका र कार्यकाल पनि यहिनै रहेको उल्लेख गर्नभयो।
आफू जहाँ र जुन कार्यालयमा भएपनि चन्द्रकोट गाउँपालिकाप्रति अत्यन्तै स्नेह रहने बताउँदै आवश्यक परे आफ्नो तर्फबाट हरेक कार्यमा सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नुभयो।गाउँपालिकाका शिक्षा अधिकृत नयनसिंह ठकुरीको स्वागत मनतव्य सँगै सुरुभएको कार्यक्रम गाउँपालिकाका प्रशासन तथा योजना अधिकृत शिव ज्ञवालीको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा विदाई हुनुभएका प्रमुख प्रशासकीय अधिकृत अनन्त मरासिनीलाई गाउँपालिकाको तर्फबाट प्रशंसापत्र मायाको चिनो प्रदानका साथै दोसल्ला र खादा ओडाएर सम्मान गरिएको गाउँपालिकाका रोजगार संयोजक यज्ञमूर्ति न्यौपानेले बताउनुभयो।

SHARE