गुल्मी अस्पतालमा बिरामीको चाप बढदो , जनशक्तिको अभाब

0
412

सुर्य सुनार
कात्तिक ८,२०७८ गुल्मीः गुल्मी अस्पतालमा बिरामीको चाप बढदै जादाँ दक्ष जनशक्तिको अभावमा बिरामीले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट समयमै पाउन सकेका छैन् । जसले गर्दा जिल्लाका दुरदराजबाट आउने सेवाग्राहीले सास्ती बोक्न बाध्य भएका छन् ।

बिहान ९ बजे देखी अस्पतालमा झन्डै तिन सय भन्दा बढी सेवाग्राहीहरु लाइन हुने गर्दछ । उक्त लाइन वेलुका सम्म उस्तै हुने गर्दछ । जिल्लाका दुरदराजबाट आएका बिरामीहरु विहान आएर वेलुका घर फर्किने गरी आएका हुन्छन् । तर बिरामीहरुले भने स्वास्थ्य परीक्षण गरेको रिर्पोट समयमै नआउदाँ वेलुका घर फर्किने बिषयमा समस्या भएको बताउछन् ।

बिहान आएर दिनभर लाइनमा बस्दाँ समेत ४ बजे सम्म अस्पतालले बिरामीको रिपोर्ट नदिदाँ सेवाग्राहीले गुनासो गरेका हुन् । अस्पताल प्रशासनले जिल्लाका दुरदराज बाट आउने बिरामीको मर्म नबुझेको हुदाँ सेवाग्राहीलाई सस्ती भोग्न परेको बताएका छन् । अस्पतालमा सेवा लिन आएका सेवाग्राहीहरुले स्वास्थ्य परिक्षण गरेको रिपोर्ट समयमै नआउदाँ वेलुका घर फर्किन समस्या भएको गुनासो गरेका छन् ।


गुल्मी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल पाण्डेले दक्ष जनशक्तिको अभावले गर्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताए । पछिल्लो समय अस्पताल प्रति सेवाग्राहीको विश्वास बढ्नु, बीमा कार्यक्रमको सकारात्मक प्रभाव, र गुणस्तारिय सेवा प्रदान गरिएको हुदाँ पनि अस्पतालमा बिरामीको चाप बढेको पाण्डेको दाबी छ।
गुल्मी अस्पतालमा १० जना सिनियर दक्ष जनशक्ति हुनुपर्नेमा १ जना डाक्टर मात्र रहेको पाण्डेले बताए । जनशक्तिको अभाव हुदाँ सेवाग्राहीलाई परेको समस्या न्यूनिकरण गर्न प्रदेश सरकार संग जनशक्तिको माग गरिएको पाण्डेको भनाई छ ।

अस्पतालमा बिरामी चाप बढिरहेको छ तर अस्पतालमा जनशक्तिको अभाव छ । सरकारको ध्यान जान नसक्नु र अस्पतालमा जनशक्ति परिपूर्ति गर्न जिल्लाका कुनै पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन् ।

SHARE