सहकारीद्धारा सहसचिव पन्थीलाई सम्मान

0
544

गुल्मी, २ कार्तिक :ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. रेसुङ्गा नगरपालिका वडा नं. ७ नेटा, गुल्मीले सह–सचिव डिलाराम पन्थीलाई सम्मान गरेको छ ।

पन्थी लोक सेवा आयोगले लिएको खुला तर्फको सह–सचिवको परीक्षामा उत्तीर्ण भएका थिए । उनी सहकारी संस्थाका शेयर सदस्य एवं पूर्व लेखा समिति संयोजक हुन् । पन्थीलाई संस्थाको कार्यालयमा एक विशेष समारोहका विच सम्मान कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष शालिकराम पन्थीले जानकारी दिए ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै पन्थीले संस्थाको उन्नती र प्रगतीको लागि आफुले सकेको सवै सहयोग गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा प्रमुख अतिथि पन्थीसहित संस्थाका सल्लाहकार समिति सदस्य टंकप्रसाद पन्थी, सदस्य हिमलाल पन्थी, पूर्व लेखा समिति संयोजक ढुण्डिराज पन्थी, पूर्व सचिव टेकराज पन्थी, संस्थाका शेयर सदस्यहरु, संचालक समिति, लेखा, शिक्षा, ऋण समितिका पदाधिकारीहरु संस्थाका व्यावस्थापक र सह–व्यवस्थापक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता, सहसचिव डिलाराम पन्थीको प्रमुख आतिथ्यता, कोषाध्यक्ष फर्सुराम पन्थीको स्वागत तथा सचिव ठाकुरप्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

SHARE