देशैभर वर्षा हुने

0
191
फाइल फोटो

कात्तिक २,२०७८काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

बंगालको खाडी र मध्य भारतमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले मंगलबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानर तथा बागमती प्रदेशका एक दुई स्थानमा भीषण वर्षा हुने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

मंगलबार बिहान पनि देशैभरको मौसम बदली भई पानी परिरहेको छ। यो क्रम दिनभर जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रहने छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो क्रम बुधबारसम्म जारी रहनेछ। बिहीबारदेखि मौसममा केही सुधार आउनेछ। बिहीबारदेखि पानी पर्न रोकिए पनि त्यसपछिको केहि दिनसम्म पनि आकाश धुम्म भइरहने महाशाखाले जनाएको छ।

SHARE