कालीगण्डकी करिडोरमा पहिरो , सडक अबरुद्ध

0
343

कात्तिक १,२०७८गुल्मीः आइतबार साँझबाट परेको अबिरल बर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनी देखी पुिर्तघाट सडकखण्डको कनौटा र उर्लेनीको बिभिन्न स्थानहरुमा पहिरो खसेको हो । पहिरोका कारण सडक अबरुद्ध हुँदा अर्बेनी देखि गाउँपालिकाको केन्द्र पुर्तिघाट सम्म जाने र पुर्तिघाट देखी बुटवलका लागि छुट्ने सवारीहरु छुटन सकेका छैनन् ।
निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले पनि पानी रोकिए लगत्तै सडक खुलाउनका लागि डोजर पठाउने बताए ।
यस्तै गुल्मीका अधिकांश स्थानीय सडकहरु पनि पहिरोका कारण अबरुद्ध छन् ।

SHARE