गुल्मीमा खोलाले जिप बगायो

0
283

कात्तिक १ ,२०७८ गुल्मीः गुल्मीमा डहरे खोला तर्ने क्रममा खोलाले जिप बगाएको छ ।
सोमबार बुटवलबाट गुल्मीको वामी तर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्वरको बोलेरो जिप सत्यवती गाउँपालिका वडा नम्वर ६ मा डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिप खोलाले बगाएको र फेला नपरेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराइले जानकारी दिए । जिप चालक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
जिप खोजी गर्नका लागी इलाका प्रहरी कार्यालय जोहाङको ५ जनाको प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE