गुल्मीमा छोराद्धारा बाबुमाथि खुकुरी प्रहार

0
412

कात्तिक१,२०७८ गुल्मीः गुल्मीमा सोमबार आफनै छोराले बाबुमाथि खुकुरी प्रहार गरी फरार भएका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ४ रातपोखरा बस्ने ५५ बर्षीय हरीबहादुर घर्तीलाई २९ बर्षीय छोरा राजेन्द्र घर्तीले खुकुरी प्रहार गरी घाइते बनाई आफू फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बाबुछोराको सामान्य घरायसी झगडामा छोराले बाबुलाई खुकुरी प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिए ।
घाइते बाबुको टाउकोमा चोट लागेकाले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने छोराको खोजी कार्य जारी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE