बेनीमा १२ जना जुवाडे प्रकाउ 

0
319

मंसिर ९, २०७६ म्याग्दी . सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ। बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो। पिपलचोकबाट ८ जना र मंगलघाटबाट ४ जना प्रकाउ प्रहरी टोलीले गरेको थियो। प्रकाउ पर्नेमा २ महिला र १० जना पुरुष रहेको बताईएपनि प्रहरीले अनुसन्धान जारी रहेको भन्दै उनीहरुको नाम खुलाउन अस्विकार गरेको छ।

SHARE