दशैंमा विदा रहेका सरकारी र निजी कार्यालय संचालनमा

0
157

असोज३१,२०७८काठमाडौं : दशैँका कारण बन्द रहेका सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था आजदेखि सञ्चालनमा आएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

असोज २६ गते फूलपाती देखि ५ दिन बन्द रहेको सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएका हुन् । सेयर बजार पनि आजैबाट खुल्नेछ।

यस्तै दशैँ मनाउन कार्यक्षेत्रबाट घर–गाउँ गएकाहरु पनि फर्कन थालेका छन् ।

त्यसैले यसपटक दशैंमा निकै चहलपहल देखिएको छ। दशैँ बिदा सकिएकाले काठमाडौसहित मूख्य शहरमा चहलपहल बढेको छ ।

SHARE