सोच सभ्य समाज

0
1150

लागौँ सबै शिक्षा क्षेत्रमा शिक्षा प्रेमि बनौँ
सबै लागौ विकासका कायमा प्रगतिवादि बनौँ
गरेर सबमा समान व्यवहार गरेर राम्रा काम
राष्ट्रको निम्ति केही गरेर
चलाउनुछ समाजमा नाम
मानिस सबै एकै हुन्छ किन गर्ने भेदभाव
सुधारका काममा जुटौ सबजना एक साथ
शिक्षा ,स्वास्थ्य ,रोजगार ,संचार ,सुरक्षा पुर्वाधार
यी क्षेत्रहरुमा लिउनुपर्छ सब मिलिजुली सुधार
सभ्य शिष्ट भाषाहरु सबैले बोल्ने गरौ
अघो मति र गतिलाई त्यागेर प्रगतिमा लागै
नराम्रा संस्कृति र परम्परा सबै सुधारनुपर्छ
समाजसेवी भई नयाँ नेपाल निमाणमा सघाउनुपर्छ
शिक्षा क्षेत्र मंहगो भयो सुधार हुनुपर्छ
धनी गरिब विपन्न सबै ल्याउनुपर्दछ
म भन्ने भावनामा सुधार लिनुपर्दछ
हामी भनि लागेमा सबै समस्या तर्दछ
आधुनिक प्रविधिबाट कृषि व्यवसाय फस्टाऊँ
सिपमुलक शिक्षा सिकाइ बेरोजगार घटाऊँ
यति गर्न सक्यौं भने आमूल परिवर्तन आउछ
सभ्य समाज निमाण भई राष्ट्र विकास हुन्छ .

लेखक .प्रियंका पन्थी
कक्षा .१२

SHARE