कालीगण्डकी करिडोरमा सुक्खा पहिरो , सडक अबरुद्ध

0
235

असोज२९,२०७८गुल्मी : कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अबरुद्ध भएको छ ।
कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनीको राक्से बौदीखोलामा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
शुक्रबार बिहान करिब ९ बजेतिर पहिरो खसेर सडक अबरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । दशैको दिन टीका लगाउन जाने र आउनेहरु बिच बाटोमै रोकिएका छन् ।
पहिरोले खानेपानेको पाइप पनि बगाएको छ । सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्ने छ ।
यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले सडक खुलाउनका लागि डोजर पठाउने तयारी भइरहेको बताएका छन् । टीकाको दिन भएकाले डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको थापाले बताएका छन् ।

SHARE