
असोज२९,२०७८काठमाडौं : आज विश्व हात धुने दिवस। हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ। यस वर्ष नेपालमा दशैं परेकाले दिवशको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।
सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ। नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाएको छ। त्यसैले हात धुने बानीको विकास गर्न हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ।
हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने भएकाले समय समयमा साबुन पानीले मिचि मिचि हात धुन चिकित्सकहरुले सुझाव दिएका छन्। कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेका बेला कोरोना भाइरस नियन्त्रणका लागि पनि नियमित साबुन पानीले हात धुनुपर्ने र दिवस मनाउँदा आम नागरिक अझै सचेत हुने चिकित्सकहरुले बताएका छन्।













