
असोज २६,२०७८ प्युठान : वैवाहिक बन्धनमा बाधिएका एक दम्पत्तीले स्वास्थ्य चौकिलाई सहयोग गरेका छन।


प्युठानको गौमुखी गाउँपालिका–५ ठुलाबेसीका पुष्प न्यौपानेले र मदाने गाउँपालिका अग्लुङफेदीका सुजाता चन्दले मंगलबार भएको आफ्नो विवाहको अवसरमा सहयोग हस्तान्तरण गरेका हुन।
न्यौपाने दम्पतीले ेविहेको दिनमै पुजा स्वास्थ्य चौकीको लागि एक लाख १५ हजार रुपियाँ बराबरको एक थान इ।सि।जि। मेसिन गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई हस्तान्तरण गरेका हुन।
न्यौपाने दम्पतीले गौमुखी गाउँपालिका भित्रका दलित बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्न १ लाख २५ हजारको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका छ्न।
साथै न्यौपानेका हजुरबुबा लालुराम जैसीले पुजा सामुदायिक इकाईमा निर्माण गरेको प्रतीक्षालय संरक्षकत्वको लागि गाउँपालिकालाई हस्तान्तरण गरे ।
उनले आफ्नो हजुरबुबा र बुबाको सामाजिक कार्यबाट प्रभावित भएर आफू सामाजिक कार्यमा जोडिएको बताए।