अर्घाखाँची समाज युरोपद्धारा अर्घाखाँची अस्पतालका लागि पोर्टेवल भेन्टिलेटर हस्तान्तरण

0
966

बसन्त श्रेष्ठ
२५ असोज २०७८
अर्घाखाँची समाज युरोपले अर्घाखाँची अस्पतालका लागि पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । समाजले सामग्री हस्तान्तरण समितिका संयोजक बिजय फुल्लेल मार्फत अस्पताललाई सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री पोर्टेवल भेन्टिलेटर ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । भुसालले रोजगारीको शिलशिलामा विभिन्न देशमा रहनुभएका अर्घाखाँचीबासी युवाहरुले अर्घाखाँची अस्पतालका महत्वपूर्ण सहयोग प्राप्त हुदै आएको भन्दै प्राप्त सहयोगको समुचित प्रयोग हुने विश्वास दिलाउनुभयो । उहाँले अस्पताललाई ५० शैयामा पु¥याउन सफल भएको भएपनि अझ पनि श्रोत साधनमाको भौतिक श्रोत साधनको अझ पनि कमि रहेको बताउनुभयो ।

सामग्री ग्रहण गर्दै अर्घाखाँची अस्पताल प्रमुख मेडिकल सुपरीटेण्डन डाक्टर राजेन्द्र जिसीले अस्पतालमा विशेषज्ञ डाक्टरहरुको उपलब्धता बढाउदै लगिएको भन्दै पोर्टेवल भेन्टिलेटरको उपयोग बढि हुने बताउनुभयो । डाक्टर जिसीले सन्धिखर्क अस्पतालले बिभिन्न श्रोत साधनको अभावका बाबजुद पनि सेवामा प्रभावकारीता ल्याउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा सामग्री हस्तान्तरण गर्दै अर्घाखाँची समाज युरोपका प्रतिनिधी बिजय फुल्लेलले आगामी दिनमा समेत स्वास्थ्य संस्थाको बृद्धि विकासका लागि सहयोग गर्दै लगिने बताउनुभयो । फुल्लेलले लगत्तै आवश्यकता हेरेर पालिकामा ल्याव सहितको सेवा सञ्चालनका लागि अर्घाखाँची समाज युरोप सहयोग गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

पोर्टवल भेन्टिलेटर अक्सिजन कम भएको बिरामीलाई एम्बुलेन्समा अक्सिजन लगाउदै अन्य स्थानमा पु¥याउन बढि उपयोगी हुन्छ । जसको मुल्य १५ लाख सम्म पर्छ ।

कार्यक्रममा अस्पतालका स्वास्थ्यकर्मी, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, पूर्व सदस्य बसन्त श्रेष्ठ लगायतका सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

SHARE