सिडियो पौडेलद्धारा गुल्मी कारागार अनुगमन

0
747

सीता भण्डारी
असोज २५,०७८गुल्मीःगुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकायको टोलीले कारागार कार्यालय गुल्मीको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा पौडेलसंग कैदीबन्दीहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । कैदीबन्दीले ठाउँ सागुरो भएकोले सुत्न बस्न समस्या भएको, बत्ती, पिउने पानीको समस्या, थुनुवा बन्दीहरुको लामो समय सम्म मुद्दा फैसला नहुदा समस्या भएको, दाउरा, तरकारी लगायत खाद्य सामग्रीहरु महङ्गोमा किन्नु पर्दा सरकारले दिने सुविधाले नपुगेको, कारागार भित्र पुस्तकालय भएको तर पर्याप्त पुस्तक नभएको, टेलिभिजन बिग्रिएको, सोलार पनि बिग्रेका कारण लाइन नहुँदा अध्याँरोमा बस्नु परेको गुनासो गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले कारागार एउटा सुधारगृह भएको बताउदै समस्या समाधानको लागी आफ्नो तर्फबाट गर्न सकिने काम छिटै गर्ने र अन्य दीर्घकालिन समस्या समाधानको लागी सम्बन्धित कार्यालयमा लेखेर पठाउन कारागार कार्यालयका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीलाई निर्देशन दिए । त्यस्तै पौडेलले कारगार कार्यालय रंगरोगनको लागि ३० लिटर रंग उपलब्ध गराएका छन् । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना कैदीबन्दी रहेका छन् जस मध्ये ७ जना महिलाहरु छन ।
कारागारमा रहेका कैदिबन्दीहरुले कारागार भित्रको समयलाइ सदुपयोग गर्दै सीपमुलक कामहरु गर्ने गरेक छन। उनिहरुले व्यवसायिक रुपमा मुढा , ढाका सल , डोका, नाम्ला, बाँसका र्याक,ढकिया लगायतका सामाग्री निर्माण गरि बिक्री वितरण गर्ने गरेका छन ।

SHARE