गुल्मीका प्रजिअद्धारा पहिरोबाट ज्यान गुमाएका तीन दिदी बहिनीका परिवारलाई चार लाख प्रदान

0
331

असोज २४,२०७८ गुल्मीः गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले पहिरोबाट ज्यान गुमाएका परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका छन् ।
उनले आइतबार राति ७ बजेतिर रेसुंगा नगरपालिका ८ का तिलक परियारको घरमा पुगेर राहत प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी पौडेल बिपद् उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम सरकारबाट प्रदान गर्ने नगद ४ लाख रुपैयाँ लिएर परियारको कोठामै गएका गएका थिए ।
चाडपर्वको नजिक परिवार गुमाएको पीडालाई केहि भएपनि राज्यको तर्फबाट कम गर्न राहत बोकेर घरमै पुगेको पौडेलले बताए । परिवारका आफन्त गुमाउँदाको पीडा हुन्छ नै तर पनि पीडालाई भुलेर जीवन जिउनको लागि अर्को विकल्प नभएको पौडेलले बताए ।
‘राहतले दुःखमा राज्यको अनुभुति दिलाउने काम मात्रै गर्छ,’उनले भने,‘शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ सोहि अवसरमा रेसुंगा नगरपालिका ८ का वडाध्यक्ष भरत भलामीले गुल्मी सेवा समाज जापान मार्फत प्राप्त २ लाख २८ हजार ५ सय २८ रुपैयाँ पीडित परिवारलाई प्रदान गरे ।
सो रकम जापानमा रहेका ७२ जना गुल्मेलीहरुले संकलन गरेर पठाएका थिए । रकम हस्तान्तरण गर्दै भलामीले छिट्टै पहिरोले भत्किएको घरको पुर्निमाणको काम गरिने जानकारी दिए ।
गत असोज ५ गते रातिको पहरोमा पुरिएर तिलक परियारका ३ छोरी १४ बर्षीया गंगा, जमुना र २१ बर्षीया भावना परियारको ज्यान गएको थियो ।

SHARE