एकीकृत ग्रामीण बिकास समाजमा श्रीपालीको नयाँ नेतृत्व

0
534

असोज२४,२०७८गल्मीःएकीकृत ग्रामीण विकास समाज गुल्मीको १२ औ अधिवेशनबाट गणेश श्रीपालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा भगवति श्रीस, सचिवमा शंकर नेपाली, सह–सचिवमा कमला विश्वकर्मा र कोषाध्यक्षमा तुल्सी काउछा रहेका छन् । सदस्यहरुमा हिरा अर्याल, इन्दुका केसी, बिष्णु विश्वकर्मा र नविन अर्याल रहेका छन् । नवनिर्वाचित अध्यक्ष श्रीपालीले संस्थाले पाएको सामुदायीक उर्जा र कर्मचारीहरुको सक्रियता कम हुन नदिने प्रतिवद्धता जनाए ।

४ बिद्यामा ४ व्यत्तित्व सम्मानित

एकिकृत ग्रामीण विकास समाज गुल्मीले विभिन्न क्षेत्र ४ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
संस्थाको २७ औ साधारण सभा तथा १२ औ अधिवेशनको उपलक्ष्यमा जिल्लाको उत्कृष्ट स्वास्थ्य सेवा, नागरिक समाजका अभियान्ता, मानविय विकास सुचांकमा उत्कृष्ट पालिका, विकास प्रशासन बिज्ञ गरेर ४ जनालाई सम्मान गरिएको हो । कम स्रोत र साधनका बिच उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई संस्थाले सम्मान गरेको एकिकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए ।
पच्याले अस्पताल प्रशासन सुधार, जटिल शल्यक्रियासहित स्वास्थ्य उपचार, स्वास्थ्य उपकरण व्यावस्थापन र कोभिड नियन्त्रण र उपचारमा राम्रो काम गरेका छन् । त्यस्तै लामो समय गैर–सरकारी संस्थाहरुको नेतृत्व गरेर नागरिक अभियानहरुमा काम गरिरहेका गैर–सरकारी संस्था महासंघका अध्यक्ष बिष्णु भण्डारीलाई पनि सम्मान गरिएको हो । भण्डारीले जिल्लाका शुसासन, अनियमितता साथै सामाजिक अभियानहरुमा अगुवाई गर्दै आएका छन् । भने आर्थिक, सामाजिक तथा भौगोलिक हिसावकाले विकट हुँदा पनि मानव विकास सुचांकमा उत्कृष्ट मालिका गाउँपालिकालाई सम्मान गरिएको निर्देशक विश्वकर्माले बताए । मालिकाले भर्खरै जिल्लामै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेको छ । त्यो बाहेक स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको छ ।

संस्थाले गाउँपालिकाका उपप्रमुख देवा अर्याललाई सम्मान गरेको थियो । त्यस्तै लामो समय जिल्लाको विकास निर्माण र प्रशासनीक क्षेत्रमा रहेर अब्बल काम गरेका रेसुंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीलाई सम्मान गरेको हो । उनले जिल्लामा खरिदारदेखि तत्कालिन जिल्ला विकास समिति, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति हुँदै रेसुंगा नगरपालिकामा काम गरिरहेका छन् ।

उत्कृष्ट कर्मचारी सम्मान

एकिकृत ग्रामीण विकास समाज गुल्मीले समाजिक अगुवा तथा अभियान्तासहित उतकृष्ट कर्मचारीलाई सम्मान गरेको छ । संस्थाका विभिन्न कार्यक्रम र परियोजनामा उत्कृष्ट काम गर्ने ३ जना कर्मचारीलाई सम्मान गरेको संस्थाका सचिव शंकर नेपालीले जानकारी दिए । सम्मानित हुनेहरुमा पारिस्पारिक जवाफदेहिता परियोजना अघाखाँचीका कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ रहेका छन् ।
त्यस्तै सुआहाराको रुरु क्षेत्र गाउँपालिका अन्तरगत पालिका स्तरिय पोषण सहजकर्ता माधव भट्राई र सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तरगत मालिका गाउँपालिकाका सामुदायिक सहजकर्ता बिक्रम सुनारलाई सम्मान गरिएको नेपालीले बताए । सभामा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य तथा बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठले सामाजिक अगुवा, प्रशासक, अभियान्ता एवं कर्मचारीहरुलाई सम्मान गरेका थिए ।
सभालाई संबोधन गर्दै श्रेष्ठले समाजका मुख्य आवश्यकता, सुशासन, स्वास्थ्य र पोषण, बिपद् व्यावस्थापन र जिविकोपार्जनको क्षेत्रमा खेलेको भुमिकाको प्रसंसा गरे । उनले अरु संघ संस्था र सरकारकै लागि पनि एकिकृत ग्रामीण विकास समाजले गरेका काम र प्रक्रिया उदाहरणीय भएको बताए ।
संस्थाले मुख्य गरेर ४ वटा क्षेत्रमा काम गरिरहेको छ । पारिस्पारिक जवाफदेहिता परियोजनामा मार्फत शुसासन, सुआहारा मार्फत स्वास्थ्य र पोषण, हेफर मार्फत जिविकोपार्जनसंगै बिपत व्यावस्थापनको क्षेत्रमा संस्थाले लामो समयदेखि काम गरिरहेको छ ।

SHARE