बर्दियामा हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु

0
491

असोज२४,२०७८ बर्दिया : हात्तीको आक्रमणबाट राजापुर नगरपालिका–१० झम्टीका ४० वर्षीय बेतन दहितको मृत्यु भएको छ। डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माका अनुसार शनिबार राति क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बेतनलाई हात्तीले आक्रमण गरेको हो।

नेपाल भारतको सीमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माको भनाइ छ। अहिले घटनास्थलमा डिभिजन वनको टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए।

यसअघि गत असार २ मा जंगली हात्तीको आक्रमणबाट बर्दियाको बाँसगढीका ७८ वर्षीय वृद्धको मृत्यु भएको थियो। सामुदायिक वनमा च्याउ खोज्न जंगल गएका उनलाई हात्तीले आक्रमण गरेको थियो।

SHARE