सन्तबहादुर बिकलाई आर्थिक सहयोग

0
817

बसन्त श्रेष्ठ
असोज२३,२०७८अर्घाखाँचीःसन्धिखर्क नगरपालिका वडा नं १२ छाप ठुलापोखरा निवासी सन्त बहादुर बिकलाई सनपा ६ जगताका सुरेन्द्र दमासेले आर्थिक सहयोग गर्नुभएको छ ।

लामो समय देखि अपाङ्गताका कारण आर्थिक दुरावस्था व्योहोर्नुभएका पूर्व शिक्षक समेत रहनुभएका बिकलाई सोही नगरपालिका वडा नं ६ घर भई हाल इजरायलमा बस्दै आउनुभएका दमासेले सहयोग गर्नुभएको हो । उपलब्ध गराएको १७ हजारको उपभोग्य सामग्री र ३ हजार नगद गरी २० हजारको सहयोग उहाँकी श्रीमति तथा हाल जीवनोद्धार मा.बिका विज्ञान शिक्षक मञ्जु लिना पराजुलीले टोलमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग सामग्री र रकम हस्तान्तरण गर्दै पराजुलीले पूर्व शिक्षकको दुःख पाएको सामाजिक सञ्जालमा देखेपछि सहयोगको भावना जागेको बताउनुभयो । सहयोग गरेको उपभोग्य वस्तु बि.कले गर्नुभएको पसलबाट बिक्री बितरण गरेर आर्थिक पार्जन गर्ने पराजुलीले बताउनुभयो । कार्यक्रममा सामाजिक अभियान्ता तथा शिक्षक जनक बस्यालले सहजीकरण गर्दै आफ्नो तर्फबाट समेत १ हजार रुपैया सहयोग प्रदान गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा मार्फत सहयोगको अपिल गरेपछि सहयोग प्राप्त भएको बस्यालले बताउनुभयो ।

यस्तै दमासले सन्धिखर्क नगरपालिका वडा नं १ का मृगौला फेल भई उपचार गराइरहनु भएका शिवबहादुर नेपालीलाई उपचार खर्च स्वरुप ५ हजार रुपैया घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । बि.कलाई केही दिन अघि सन्धिखर्क नगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले ह्वील चियर प्रदान गरेको थियो ।

SHARE