गैरसरकारी संस्थाले उदाहरणीय काम गरेको छ :श्रेष्ठ

0
282

असोज२२,२०७८ गुल्मीः लुम्बिनी प्रदेशका विशेषअधिकार समिति सभापति कमलराज श्रेष्ठले गैर सहकारी संस्थाले समाजमा पछिल्लो समय उदारणीय काम गरेको बताएका छन् ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीको २७ औँ साधारण सभा कार्यक्रमलाई शुक्रबार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । समाजमा पहिले देखी गैर सहकारी संस्थाको नराम्रो छाप परेको हुदाँ कुशल नेतृत्वले संस्था संञ्चालन गरे पनि आफ्नो फाइदाको लागि गर्यो भने प्रवृतीले गर्दा गैर सहकारी संस्थाको नकारात्मक टिप्पणी भएको बताए।
हिजोको इतिहासमा कतिपय संस्थाले गलत काम गरेको हुदाँ अहिले सम्म पनि त्यसको छाप नमेटिएको उल्लेख गरे । एकीकृत ग्रामीण विकास समाज गुल्मीले जनताको जिवन स्तर उकासन विभिन्न समयमा प्रशंसनिय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । जिल्लाको विभिन्न ठाउँमा गएर जनता आय आर्जनमा वृद्धी गर्ने खेलेको भूमिकाको चर्चा गरे ।

गैर सहकारी संस्था गुल्मीका अध्यक्ष विष्णु भण्डारीले समाजमा गैर सहकारी संस्थाले राम्रो काम गरे पनि नकारात्मक सोच नागरिकमा अझै रहेको हुदाँ काम गर्न असहज भएको बताए । गैर सहकारी संस्थाले समाजमा राम्रो काम गर्छु भने पनि नाफा कमाउने हो भने सोच रहेको हुदाँ नकारात्मक प्रभाव परेको उल्लेख गरे। सरकारले पनि गैर सहकारी संस्थालाई हेर्ने दृष्टिकोण फरक भएको प्रति आपत्ति जनाए ।

जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारी, मालिका गाउँपालिका उपअध्यक्ष देवा अर्याल, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्याले एकीकृत ग्रामीण विकास समाज गुल्मीले नाफा कमाउने उदेश्य नभई जनताको सेवामा नमुना काम गरेको भन्दै प्रशंस ासमेत गरेका थिए ।

एकीकृत ग्रामीण विकास समाज गुल्मीले संस्था संग जोडिएर काम गर्ने तथा जिल्लामा विभिन्न समयमा योगदान पुयाएका गैर सहकारी संस्था गुल्मीका अध्यक्ष विष्णु भण्डारी, गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्या, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, मालिका गाउँपालिका उपअध्यक्ष देवा अर्याललाई सम्मान गरिएको थियो । त्यस्तै संस्था भित्र रहेर काम गर्ने उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको हो ।

एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले संस्थाले गरेका कामको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै १२ औँ अधिवेशन बाट एकीकृत ग्रामीण विकास समाज गुल्मीको अध्यक्षमा गणेश श्रीपाली चयन भएका छन् ।

SHARE