प्रहरी दिवसको दिन गुल्मीमा प्रहरी अधिकृत सहित ७ जना पुरस्कृत

0
276

असोज २०
अनिल खत्री, गुल्मी : प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत भएका छन् । नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट कार्य सम्पादन आधारमा सम्मान जिल्ला भर रहेका मध्ये प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरिक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार तिलक बेल्बासे, प्रहरी जवानहरु कृष्णबहादुर रायमाझी, दुर्गा बुढा, दिपक बोटे, सुभम घर्ति मगर, सरोज श्रेष्ठ रहेका छन् । दिवसको अबसरमा बिहिवार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले नगदले सम्मान गरेका थिए ।

दिवसको अबसरमा आयोजित ब्याडमिण्टन खेलमा प्रथम हुने प्रहरी नायव निरिक्षक भेषबहादुर घर्तिमगर, प्रहरी सहायक निरिक्षक मिनबहादुर सेन, द्धितिय हुने प्हरी निरिक्षक सुबराज बम र प्रहरी जवान लुकप्रसाद पुन, तृतिय हुने प्रहरी सहायक निरिक्षक बिजय क्षेत्री र बिष्णुकुमार थारु, महिला तर्फ घैटो फोर तर्फ प्रथम हुनेदुर्गा बुढा रहेका छन् । उनिहरु सबैलाई प्रमुख जिल्ला अधिकारी पौडेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराईले सम्मान गरेका थिए ।
दिवसको अबसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका प्रहरी जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
प्रहरीले नागरिकसँग सहकार्य गरे अगाडी बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताए । कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले नागरिसँग सहकार्य गरेर लागु औषध, घरेलु हिंसा लगायतमा आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढने बताएका थिए ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

SHARE