रुरुक्षेत्रमा काँग्रेस उत्साहित, स्थानिय निर्वाचनमा काँग्रेसका झण्डा फहराउने उद्घोष

0
286

असोज १९
कृष्ण अन्जान
रुरु : नेपाली काँग्रेस भित्र भावनात्मक एकता अहिलेको प्रमुख अवस्यकता भएको काँग्रेस नेताहरुले बताएका छन ।
रुरुक्षेत्र गाउँ पालिकाको रिडीमा आयोजित नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिकाको प्रथम अधिवेशन स्थल रुरु सँस्कृत विध्यापिठमा काँग्रेस कार्यकर्ताले खचाखच भरिएको सभाहलमा बोल्दै नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य भरत बस्नेतले काँग्रेस भित्रको एकताले सबै तानाशाह ढल्ने बताउनु भयो ।
पछिल्लो चरणमा रुरुक्षेत्रमा देखिएको काँग्रेस प्रतिको अकर्षणले हामिले विजयको झण्डा फहराउन कसैले रोक्न नसक्ने नेता वस्नेत ले ठोकुवा गर्नु भयो ।
आफुलाई कुनै पद प्रतिष्ठा सम्मान नचाहिएको मात्र काँग्रेस चाहिएको बताउँदै नेता बस्नेतले यहि रुरुक्षेत्रमा नेपाली काँग्रेसको झण्डा फहराउने आफ्नो अभिष्ठ भएको बताउनु भयो ।

अधिवेशनमा शुभकामना दिँदै रुरुक्षेत्रका पाका काँग्रेस तथा छायाँ सरकार प्रमुख देवेन्द्र मल्लले काँग्रेस अव गुट उपगुटमा नअल्झिने हो भने काँग्रेसको भविष्य उज्ज्वल रहेको बताउनु भयो ।
अधिवेशनमा आफ्नो धारणा राख्दै नेपाली काँग्रेसका युवा नेता तथा रुरुक्षेत्र गाउँपालिका वडा न १ का अध्यक्ष अमूल्य श्रेष्ठले युवाको जोस र पाका को होसको समिश्रण ले नेपाली काँग्रेस बलियो हुने बताउनु भयो ।
नेपाली काँग्रेस ग्वादि गाउँ समितिका पुर्व पार्टी सभापति देवेन्द्र मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बाट वडामा निर्वाचित वडा सभापतिहरु र ग्रामिण क्षेत्रमा रहेर निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरिरहनु भएको भन्दै पत्रकार कृष्ण अन्जानलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा रुरुक्षेत्र गाउँ पालिका भित्रका ६ वटा वडाहरुका क्षेत्रिय प्रतिनिधि र वडा सभापति गरि छयानब्बे जना प्रतिनिधि रहेको निर्वाचन अधिकृत अनिल श्रेष्ठले बताउनु भयो ।

SHARE