गुल्मी प्रशासनको चाडपर्व लक्षित सुरक्षा रणनीति :यात्रु सहायता कक्षादेखि मेला व्यवस्थापनसम्म

0
241

असोज१९,२०७८गुल्मीःजिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष संचालनमा ल्याएका छन् । जिल्लाको मुख्य प्रवेशद्धार रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन गरिएको हो । मुख्य चाड दशै र तिहारमा स्वदेश तथा परदेशबाट नागरिक आउनेक्रम बढि हुन्छ ।
यात्रु र यातयातको चापलाई व्यावस्थापन गर्न यात्रु सहायता कक्ष संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण प्रसाद आचार्यले बताए । सहायता कक्षमा यात्रुहरुको समस्याहरु समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यावस्था गरिएको छ ।
चाडपर्वको बेला यात्रुले गाडी नपाउने, भाडा सवारीधनीले दोब्बर असुल्लने, क्षमताभन्दा बढि लिने समस्या बढि हुने गरेका छन् । त्यस्ता समस्या परे सहायता कक्षमा तत्काल जानकारी दिन गुल्मी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । कोभिड संक्रमण पनि संगै रहेकाले स्वास्थ्य सुरक्षासंगै यात्रालाई व्यवस्थित बनाउन यात्रुहरु पनि सचेत रहन भट्टराईले आग्रह गरे ।
व्यस्त बजार र साँघुरो सडक भएकाले तम्घास बजारमा ट्राफिक व्यावस्थापनको चुनौति बढि छ । अझ चाडपर्वको बेला यात्रु, सेवाग्राही, सवारी साधनसंगै लोड अनलोडको कारण ट्राफिक जाम पर्ने समस्या पटक–पटक हुन्छ । सोहि अवस्थालाई मध्ये नजर गरेर तम्घास बजार क्षेत्रभित्र अहिले दैनिक विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गाउँबाट नागरिक आउने, कार्यालय समय तथा विद्यालय खुल्ने समय एकैचोकी भएकाले टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो ।
यातयात व्यावसायी र प्रशासनबिच भएको बैठकमा सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगर प्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउने बिषयमा सहमती भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जिल्लामा दशै र तिहारलाई केन्द्रित गरेर सुरक्षा रणनिती पनि बनाइएको बताए । उनले मुख्य मेला लाग्ने स्थानहरुको पहिचान गर्ने, कम जनशक्तिकाबिच बढि सक्रियता देखाउने, स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर मेला व्यावस्थापन, सडक मर्मत, यातयात व्यावस्थापन र जुवातास तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने बिषयमा योजना बनाई सकिएको पौडेलले बताए ।
प्रहरी प्रशासनको प्रयासले मात्रै सवै नहुने भएकाले समुदाय र नागरिकबिच प्रहरी प्रशासनको सहकार्य आवश्यक रहेको बताए । साथै पौडेलले बिद्यालयमा कोभिड जोखिम बढेको बिषयलाई स्वास्थ्य र शिक्षा तथा समन्वय इकाई मार्फत बिद्यालयहरुमा स्वास्थ्य सुरक्षा र मापदण्डका बिषयमा सचेत बनाउने काम भएको बताए ।

SHARE