चट्याङ लागेर एकको मृत्यु

0
198

असोज१९,२०७८ बैतडी : डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार राति परेको चट्याङले अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा सोही ठाउँमा अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्।

घाइतेहरु खतरामुक्त रहेको र उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गरेको प्रहरी निरीक्षक ओझाले बताए।

SHARE