चन्द्रकोटमा आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

0
521

असोज१८,२०७८गुल्मीःचन्द्रकोट गाउँपालिकामा आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै योजनाविद तथा सहजकर्ता डा बुद्धिमान श्रेष्ठले आवधिक योजना तर्जुमा गर्दा प्राविधिक सम्भाव्यता, आर्थिक, सामाजिक र प्रशासनीक लाभ जस्ता कुरामा जोड दिनुपर्ने बताउनुभयो।

यसै गरी अर्का सहजकर्ता राष्ट्रिय योजना आयोगका योजना अधिकृत पर्शुराम पोखरेलले योजना विनाको कुनै पनि काम सफल नहुने भन्दै समग्र योजना प्रक्रिया र आवधिक योजनाको बारेमा बताउनुभएको थियो। चन्द्रकोट गाउँपालिकाको योजनाका समस्या, सम्भावना, प्राथमिकता र चुनौतीका बारेमा राजनैतिक दलका प्रतिनिधि र वडाध्यक्षले आ-आफ्नो धारण राख्नुभएको थियो

कार्यक्रममा नेकपा एमालेका धाचानन्द शर्मा, नेपाली काँग्रेसका भिमलाल भण्डारी, नेकपा माओवादी केन्द्रका युवराज केसी तथा जनता समाजवादी पार्टीका तेजेन्द्र थापाले कार्यक्रममा आफ्नो मन्तब्य राख्नु भएको थियो।
कार्यपालिकाको तर्फबाट वडा नं ६ का वडा अध्यक्ष गोकर्ण प्रसाद शर्माले आफ्नो धारणा राख्नुभएको थियो भने चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य साथै राजनीतिक दलका प्रतिनिधि, उद्योग बाणिज्य संघ शान्तिपुर शाखाका प्रतिनिधि र गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन प्रशासनरयोजना अधिकृत शिव ज्ञवालीले गर्नुभएको चन्द्रकोट गाउँपालिकाका रोजगार संयोजक यज्ञमुर्ति न्यौपानेले जानकारी दिनुभयो।

SHARE