कृषि तथा पशु सेवा शाखाका प्राबिधिकहरुलाइ पोषण संबेदनशील सम्बन्धी २ दिने तालिम तम्घासमा

0
263

असोज१८,२०७८ गुल्मीः
गुल्मीमा स्थानीय तहका कृषि तथा पशु सेवा शाखाका प्राबिधिकहरुलाइ पोषण संबेदनशील सम्बन्धी २ दिने तालिम दिन सुरु गरिएको छ ।
जिल्ला का १२ वटै स्थानीय तहका पशु तथा कृषि शाखाका प्राबिधिकहरुलाई पोषण संबेदनशील सम्बन्धी २ दिने तालिम तम्घासको मझेरी होटलमा प्रदान गरिएको छ ।
एकिकृत ग्रामीण बिकास समाज सु आहारा दोस्रो चरण गुल्मीको आयोजनामा उक्त तालिम प्रदान गरिएको हो ।
तालिममा जिल्लाका १२ वटै स्थानीय तहका कृषि तथा पशु शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

पोषण संबेदनशील कृषि अबधारणलाई सुनिश्चतता गर्नका लागि प्रदेश ,कृषि ज्ञान केन्द्र ,भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र,तथा स्थानीय तहहरु र बिकास साझेदारहरुले अपनाएका अभ्यासहरुको संयुक्त रुपमा समिक्षा र छलफल गरी अनुसन्धान र तथ्यका आधारमा राम्रा अभ्यासहरुको निरन्तरता र प्रसार सम्बन्धि भावी योजना बनाउने तालिमको उद्येश्य रहेको सु आहारा कार्याक्रमका फिल्ड संयोजक राजेन्द्र बिकले जानकारी दिए ।

SHARE