
असोज१७,२०७८दाङ : दाङमा कोरोना सङ्क्रमणबाट रोल्पाकी एक महिलाको मृत्यु भएको छ।
कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचारका क्रममा रोल्पा गंगादेव गाउँपालिका(१ की ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए।
उपचारका क्रममा आइतबार मध्याह्न सवा १२ बजेतिर उनको मृत्यु भएको वलीले जानकारी दिए। ती महिला यही असोज १४ गतेदेखि अस्पतालको आइसियूमा भर्ना भएकी थिइन्। उनलाई कोरोना संक्रमणसँगै निमोनिया र श्वास प्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।









