
सम्झना पोख्रेल÷गुल्मी :लाइन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीले गुल्मीको एक विद्यालयलाई नगद सहित विभिन्न सामग्री सहयोग गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मा रहेको बुल्म आधारभुत विद्यालयलाई नगद सहित विभिन्न सामग्री सहयोग गरेको हो ।
सनिबार एक कार्यक्रमका बिच क्लबले विद्यालयलाई कम्प्युटर, प्रिन्टर, शैक्षिक सामग्री, स्वास्थ्य सामग्री तथा खेलकुद सामग्री सहयोग गरेको हो । साथै सोहि अवसरमा गरिब तथा जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासका लागि अक्ष्यकोष स्थापनाको लागि लायन्स क्लबका अध्यक्ष आवेश पौड्यालले नगद रु १० हजार र क्लबका सदस्य अनिता पाण्डेले नगद रु १० हजार गरी २० हजार प्रदान गरेका छन् ।
कार्यक्रममा आफ्ना मन्तव्य राख्दै लायन्स क्लब अफ बुटवलका अध्यक्ष आवेश पौड्यालले शैक्षिक विकासको लागि क्लबले हरपल सहयोग गर्ने बताए । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमलाल भण्डारीले क्लबहरुको सहयोगबाट विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउदै विद्यालयको भौतिक सुधारका लागि आफुहरु सधै लागिरहने बताए ।
लायन्स क्लब अफ बुटवलका अध्यक्ष आवेश पौड्यालको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल बार एसोसिएसनका केन्द्रिय पार्सद बोमलाल भण्डारीको प्रमुख आतिथ्यता, इस्मा गाउँपालिका वडा न।ं ६ का वडा सदस्य केशव कुवँर, र सोेहि क्लबका उपाध्यक्ष अशोक क्षेत्रीको विशेष आथित्यता रहेको थियो ।
बुल्म आधारभुत विद्यालयका प्रधानाध्यापक माया महतको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुद्धोधन गाउँपालिका स्वास्थ्य प्रमुख समिर भण्डारी, केशव कुवँर, शिक्षक शोभाखर भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोमलाल भण्डारी लगायतले आआफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव दिपक अर्यालले गरेका थिए ।








