धुर्कोटमा बजार अनुगमन, ८१ हजार बराबरको सामाग्री बरामद

0
1062

बासुदेब पोखरेल ,असोज १४,२०७८ गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकामा बजार अनुगमन भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको अगुवाइ तथा धुर्कोट गाउँपालिका द्वारा बजार अनुगमन गरेको हो ।
बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।
जसअन्तर्गत २७ हजार ४ सय ४५ बराबरको म्याद गएको खाद्यान्न सामाग्री नष्ट गरिएको छ भने ५३ हजार ९ सय ६५ बराबरको इजाजत बिनाको सामाग्रीहरु बरामद गरिएको हो । धुर्कोट गाउँपालिकाको विभिन्न स्थानमा गरिएको अनुगमनमा विभिन्न पसलहरुबाट यस्ता इजाजत बिनाका सामाग्री र म्याद सकिएका सामाग्री नष्ट तथा बरामद गरिएको छ ।

नजिकिँदै गरेको विजयादशमीको बेला उपभोक्ता हितका लागि बजार अनगमन गरिएको छ । अनुगमन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्योग अधिकृत लक्ष्मण घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रण बहादुर थापा, धुर्कोट गाउँपालिका प्रतिनिधि गंगा पन्थी, पत्रकार बासुदेव पोखेल, प्रहरी चौकी इन्चार्ज लोकमान ताम्राकार, नगर प्रहरी प्रमुख विष्णु पोख्रेल, कृषि अधिकृत अन्जली गौतम लगायतको उपस्थितमा म्याद सकिएका सामाग्री नष्ट तथा इजाजत बिनाका सामाग्री बरामद गरेको छ ।

SHARE