गुल्मीमा १६ दिन अघि हराएका युवा मृत फेला

0
242

असोज१४,२०७८गुल्मीः गत भदौ २८ गतेदेखि परिवारको सम्पर्कमा नरहेका गुल्मीका एक युवा मृत फेला परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्वर७ घमिरका ३१ बर्षीय लेखनाथ पन्थीको शब घर नजिकैको जंगलमा बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्थानीयहरुले जंगलमा निउरो टिप्न जाँदा शब देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुलमीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
पन्थी शारीरिक र मानसिक रुपमा अशक्त रहेको प्रहरीले जनाएको छ । २८ गते देखि परिवारको सम्पर्कमा नरहेका पन्थीको खोजी गरिदिन भन्दै २९ गते परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
पन्थीको शबलाई बिहीबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

SHARE