गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ

0
243
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

सन्तोष महतारा
असोज१३,२०७८ गुल्मीः गुल्मीमा चितुवाको छाला सहित २ जना पक्राउ परेका छन्।
जिल्लाको छत्रकोट गाउँपालिका ३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ जनालाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकोट गापालिका २ भेडुवाका गणेश खनालका २७ वर्षीय छोरा सुमन खनाल र सोही ठाउँका मोतिलाल सार्कीका ३१ वर्षीय छोरा हरि बहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब(डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।

SHARE